त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ
शुक्रबार, २८ भदौ २०८१, २० : २४
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार इलाका (यात्रु जाँच पास)बाट १ किलो २ सय ६० ग्राम सुन बरामद गरिएको छ ।
शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा वेशको संयुक्त टोलीले उक्त सुन बरामद गरेको हो ।
सुनसहित थाइ एयर मार्फत बैंककबाट आएकी ३७ वर्षीया भारतीय नागरिक सुमित्रादेवि लक्ष्मण रामलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
३ वटा छुट्टाछुट्टै पोकामा प्लास्टिकले बेरेको अवस्थामा सुन बरामद गरिएको उनले बताए । उनलाई थप अनुसन्धानको लागि गौशाला प्रहरी वृत्तमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कर्ष र विचलनबाट हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन
-
विश्वकपमा रमाइरहेको देश, तर दशरथ रंगशाला भने दयनीय अवस्थामा
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण