सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

याेगी र बिसीले सहयात्रामा ल्याए 'साहिँला दाइ'

शुक्रबार, २८ भदौ २०८१

काठमाडौँ । धेरै पहिले जनताले चाहेको व्यवस्था फेरियो । त्यसपछि पटक पटक सत्ता फेरियो । वर्षमै तीन चारवटा सरकार फेरियो। तर कहिल्यै जनताको अवस्था फेरिएन। 

र त, आज देशै रित्तिजाने जसरी बिदेसिनेको लर्को लागेको छ । 

युवा मात्रै होइन, अधबैंसेलाई पनि देशको अवस्थादेखि झर्को लागेको छ । हो यही भावमा सञ्चारकर्मी तथा गीतकार शिवराज योगीको गीत 'साहिँला दाइ'मा छ । बोलको गीत सार्वजनिक भएको छ।

कोरोना कालमा संगीतकार भीम बिसीसँगको सहकार्यमा 'ऐना हेरी हेरी' बोलको गीत ल्याएका योगीले 'साहिँला दाइ' पनि बिसीसँगै सहकार्यमा ल्याएका छन् ।

युद्धकालपछि राजनीति व्यवस्था परिवर्तन भएत देशले मुहार फेर्छ होला, स्वदेशमै धेरैथोक हुन्छ होला भन्ने आम भावनामा झनै ठेस लागेको कुरालाई गीतमा समेटिएको छ । गीतमा गायक शम्भु रैका र प्रेरणा विश्वकर्माले स्वर दिएका छन् ।

गीतको भिडियोमा क्रिस बम र निरुता बिष्टको अभिनय छ । 

हरिभक्त बुढाथोकीको प्रस्तुति रहेको 'साहिँला दाइ' गीतको भिडियो निर्देशन तथा निर्माण विक्रम चौहानले गरेका हुन्। प्रकाश खड्काले खिचेको भिडियो सम्पादन मीन रावलले गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया