२०८४ मा एमालेले एकल बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला : केपी ओली
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् । माओवादी केन्द्रलाई राष्ट्रिय पार्टी बन्न सकस रहेको भन्दै उनले मुस्किलले चार देखि पाँच लाख मत पाउन सक्ने अनुमान गरे ।
शनिवार काठमाडौँमा एमाले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले नयाँ पार्टीले पनि भोट खाइदिने भएकोले होसियार हुँदै सक्रिय हुन आग्रह गरे ।
अहिले शीतलता, उदासीनता, जिम्मेवारी बोधको कमी र अलिकति भ्रम रहेको बताए । उनले भने–‘कहिलेकाहीँ हामीलाई कस्तो लाग्छ भने त्यस्तो विकराल परिस्थिति हामीले पास गरेर आयौँ भने अब ढुक्क छौँ भन्ने होइन । हामी कहिले पनि ढुक्कको स्थितिमा रहने होइन । हामीले शक्ति सन्तुलनको अवस्था हेर्नुपर्दछ, त्यो अहिले पनि हाम्रो अनुकूल छैन, त्यसै कारणले हामीले भनेका छौँ, हामी राष्ट्रिय शक्ति त हौँ तर निर्णायक रूपमा राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सकेका छैनौँ । त्यो तथ्यलाई बुझ्दै निर्णायक राष्ट्रिय शक्तिको रूपमा बुझ्न हामी अगाडि बढ्नुपर्छ ।’
जनतामा विश्वास जगाएर अबको निर्वाचनमा पहिलो दल बन्ने गरी अघि बढ्न आग्रह गरे । सबै एकनासको अवस्था नहुने र सधैँ अवसरमा पनि नआउने उल्लेख गरे । उनले भने–‘हाम्रा लागि मिसन ८४ यस्तो निर्णायक बिन्दु हो, हामी सफलता तर्फ, विजयको यात्रा तर्फ अघि बढ्यौँ भने कि हामी निर्णायक अवस्थामा पस्न वा जटिल स्थितिमा फस्न सक्छौँ । मिसन ८४ मा एकल बहुमत ल्याउन सक्ने आधारहरू छन् । त्यतिबेला हामीले सारा शक्ति लगाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण