अचानक कसरी भ्वाङ पर्यो कुपण्डोलको सडक ?
ललितपुर । ललितपुरको कुपण्डोल–पुल्चोक सडक खण्डको हिमालय होटल छेउको सडक शनिवार भ्वाङ परेको छ । दिउँसो साढे १ बजे विस्फोटको आवाज सहित सडक भ्वाङ परेपछि त्यहाँबाट पानीको बाढी बगेको थियो । ठुलो आवाज सहित सडक भासिएको देखेपछि स्थानीय सडक किनारामा जम्मा भएका थिए । सडकमुनि राखिएको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप चुहावट भएर विस्फोट भएपछि कालोपत्रे गरेको सडकमा ठुलै भ्वाङ परेको छ ।

सडकमा भ्वाङ परेको खबर पाएसँगै संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपाने, सडक विभाग ललितपुरका डिभिजन प्रमुख गोपाल खकुरेल लगायतका कर्मचारी डोजर सहित घटनास्थल पुगेका थिए ।
सडकछेउ पसल सञ्चालन गर्ने स्थानीयहरूले ठुलो आवासका साथ सडकमा भ्वाङ परेको र त्यहाँबाट पानीको बाढी बगेको बताए । घटनाको केही समयपछि केयूकेएलले सो क्षेत्रको पाइपलाइनमा पानी पठाउन बन्द गरेपछि सडक विभाग भत्किएको भाग सफाइका लागि पुगेको थियो ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका सुपरिटेन्डेन्ट इन्जिनियर न्यौपानेले मेलम्ची खानेपानीको पाइपमा लिकेज भएका कारण सडक भ्वाङ परेको बताए । उनले भत्किएको भाग डोजरले सफा गर्ने, केयूकेएलले पाइपलाइनमर्मत गरेपछि सडक विभागले तुरुन्तै सडक मर्मतको काम अघि बढाउने जानकारी दिए ।

रातोपाटीसँग कुरा गर्दै न्यौपानेले भने–‘खानेपानीको मुख्य लाइन फुटेर सडकमा यस्तो भएको केयूकेएलबाट जानकारी पाएको छु । उहाँहरूसँग समन्वय गरिरहेको छु, खानेपानीको टोली आएर पाइप मर्मत गरेपछि हामी मर्मत गरिहाल्छौँ । भित्र पानी फुटेपछि त्यसले ठुलो दबाबको सिर्जना गर्छ, पाइपबाट प्रेसरमा आएको पानी फुटेपछि त्यो बाहिर निस्कने क्रममा सडक फुटाएर बाहिर निस्किएको हो ।’
_eSC2a4o9s3.jpg)
आज रातभरि खानेपानीले पाइपको काम सकेमा भोलि दिनभरिमा सडक मर्मतको काम सक्ने उनले बताए । काठमाडौँमा सडकमा बेला बेला यस खालका घटना हुने गरेको उनले बताए । सडकमा पानीको लिकेज भएको देखिने बित्तिकै केयूकेएललाई खबर गर्ने र दुर्घटना हुन दिने काम गर्दै आएको न्यौपानेले बताए । पुल्चोक सडकमुनि ठुलो डायामिटरको खानेपानीको पाइप रहेको र ठुलो फोर्समा पानी आएको अवस्थामा लिकेज हुँदा सडक नै फुटाएर बाहिर निस्कँदा ठुलो भ्वाङ परेको उनले बताए ।
_zGrc68eGp8.jpg)
शनिवार सडकमा सवारी चाप कम भएको र किनारामा भ्वाङ परेका कारण सवारी साधन दुर्घटना पर्नबाट जोगिएको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको मुख्य खानेपानी लाइन सडक मुनी राखिएको छ । काठमाडौँका अन्य स्थानमा पनि विगतमा यस्ता खालका घटनाहरू घटिरहेको सडक विभाग ललितपुरका डिभिजन प्रमुख गोपाल खकुरेलले बताए । उनले खानेपानी सम्बद्ध निकायले पाइपलाइन मर्मतको काम सक्ने बित्तिकै सडक विभागले काम अघि बढाउने जानकारी दिए ।
_3qgsUvrZow.jpg)
काठमाडौँ उपत्यकाका सडकमा पाइपलाइनबाट भएको चुहावट परीक्षण गरेर तत्काल समाधान नखोज्ने हो भने सडकमा यस्ता खालका दुर्घटनाको जोखिम निम्तिने खतरा बढाएको छ ।
_4rqd268Wa3.jpg)
_5aWTcgFSSq.jpg)
_yUNJQlhkTk.jpg)
_In8t5AFdRr.jpg)
_Mhl0OfdSv9.jpg)
_2lwnyeoTzY.jpg)
_zNPqqNwzqa.jpg)
_vI6cRDKIOp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण