सेयर बजार
५०.७३ अंकले घट्यो नेप्से, १० अर्ब भन्दा बढीको कारोबार
आइतबार, ३० भदौ २०८१, १५ : २४
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ५०.७३ अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से उक्त अंकले गिरावट आई २ हजार ६३७.७९ को बिन्दुमा झरेको हो ।
यस दिन २ करोड ४८ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३३ करोड भन्दा बढीको कारोबार भएको छ ।
नेप्से घटेको दिन ३ वटा कम्पनीको सेयरमा भने सकारात्मक सर्टिक लागेको छ । रिभर फल्स पावर, हिमालय हाइड्रो र रावा इनर्जी डेभलपमेन्टको सेयर १० प्रतिशतले बढेको हो। तर, २५६ कम्पनीको सेयर भने घाटामा कारोबार भएको छ ।
नेप्सेका अनुसार यसदिन १३ वटै उपसूचकहरु रातै भएका छन् । जसमा निर्विवन बिमा कम्पनीतर्फका कम्पनीको सेयरमा सबै भन्दा बढी गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण