युक्रेन समर्थक अभियन्ता थिए ट्रम्पको हत्या प्रयास गर्ने व्यक्ति
वासिङ्टन डीसी । आइतबार अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास भयो । यसका आरोपी युक्रेन समर्थक अभियन्ता भएको खुलासा भएको छ ।
सीबीएस लगायत अमेरिकी सञ्चारमाध्यमले छापेको समाचारअनुसार सन्दिग्ध ५८ वर्षका र्यान वेस्ले रुथ हुन् । रुससँगको युक्रेनी युद्धमा विदेशी लडाकुलाई भर्ती गराउन उनले प्रयास गरेका थिए । उनी किभ पनि गइसकेका छन् ।
आइतबार फ्लोरिडास्थित ट्रम्प इन्टरनेशनल गल्फकोर्समा ट्रम्पले गल्फ खेलिरहेको समयमा उनलाई मार्ने प्रयास भएको थियो । झाडीबाट गल्फकोर्सतिर एके–४७ शैलीको बन्दुक तेर्स्याइरहेको देखेपछि सेक्रेट सर्भिसका एजेन्टहरूले गोली हानेका थिए ।
त्यसपछि सन्दिग्ध कारमा भागेका थिए । तर ३८ माइल पर उनी समातिए । यस घटनामा ट्रम्पलाई कुनै चोटपटक भने लागेन ।
ट्रम्पमाथि यस अघि पनि आक्रमणको प्रयास भएको थियो । दुई महिनाअघि पेन्सिल्भेनियाको एउटा र्यालीमा उनीमाथि गोली प्रहार भएको थियो ।
तर यस घटनामा एउटा गोली ट्रम्पको कानमा मात्रै छुस्स छोएर गयो । उनलाई ठुलो चोट लागेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको गान्सुमा पहिरो, कम्तीमा १६ जना पुरिए
-
सम्मानजनक पुनःस्थापनाको माग गर्दै होल्डिङ सेन्टरका सुकुमबासीले सरकारको गराए ध्यानाकर्षण
-
गोंगबुमा अलपत्र परेका सुकुमबासीलाई बास दिने मनकारी पाण्डे
-
लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरण : डीएसपी तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन
-
अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध
-
बहसपत्रको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै प्रक्रियाबाट हट्ने चार दलको चेतावनी (पत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण