राजनीति अस्थिरता नै समृद्धिको बाधक : अर्थमन्त्री पौडेल
बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरता नै समृद्धिको बाधक रहेको बताएका छन् । सोमबार बुटवल उद्योग वाणिज्य संघको ६९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नेपालमा ५ वर्ष सकार टिक्नुपर्नेमा हालसम्म कुनै पनि सरकार ५ वर्ष टिक्न नसकेको बताएका हुन् ।
अर्थमन्त्री पौडेलले अहिले गठबन्धन सरकार स्थिरता ल्याउनको लागि बनेको बताए । उनले राजनीतिमा स्थिरतासँगै नीतिमा स्थिरता, कार्यान्वयनमा स्थिरता आउने बताए ।
वर्तमान सत्ता गठबन्धन पूर्ण कार्यकालमा रहने बताउँदै उनले समीकरण र सहयात्राले पूर्णता पाउने उल्लेख गरे । कांग्रेस र एमालेबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार नै गठबन्धन अघि बढ्ने उनले बताए । अहिलेको सरकार बनेपछि जनतामा उत्साह आएको उनले दाबी गरे । आर्थिक क्षेत्रमा समेत सुधारको सङ्केत आएको उनले दाबी गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत स्थायित्व दिन नसक्दा लगानीकर्ताको मनोबल बढ्न नसकेको बताए । अध्यक्ष ढकालले लगानी गर्दा कानुनी अप्ठ्यारा र झन्झट फुकाउन सरकारलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण