विशेष अदालतले कटहरिया नगरपालिका प्रमुखसहित सबैलाई दियो भ्रष्टाचार मुद्दामा सफाइ
काठमाडौँ । विशेष अदालतले कटहरिया नगरपालिका प्रमुख र उपप्रमुखसहित ११ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतले उनीहरूलाई दोषी ठहर गर्ने प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो । विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु,तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सबै प्रतिवादीलाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ असार २० गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । स्थानीय तहको निर्वाचन भएपछि लगत्तै २०७९ जेठ १५ गते आफ्नो अध्यक्षतामा बैठक बसाई कटहरिया नगरपालिकाको वडा नम्बर २ जमुनिया बजारमा रहेको सामुदायिक भवनमा टायल लगाउने काममा भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।
अख्तियारमा मुद्दा दायर भएसँगै नगर प्रमुख, उपप्रमुख, दुई कार्यपालिका सदस्य, तत्कालीन कार्यालय प्रमुख र दुई कार्यपालिका सदस्यसहित केही कर्मचारीहरू निलम्बित भएका थिए । विशेषले सफाइ दिए लगत्तै उनीहरूको निलम्बन फुकुवा भएको छ।्
कटहरिया नगरपालिका २ स्थित जमुनिया बजारमा रहेको एउटा सामुदायिक भवनमा आ.व. २०७८÷०७९ मा टायलको कामको लागि रकम विनियोजन भएकोमा स्वीकृत लागत अनुमानबमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो। अख्तियारले अनुसन्धान गर्दा अनियमित ढंगले १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसाभन्दा बढी भुक्तानी लिई–दिई भ्रष्टाचारजन्य कसुर गरेको दाबी अख्तियारले गरेको थियो ।
अधुरो सामुदायिक भवनमा टायल्स तथा फ्लोरिङको कामका लागि गठन भएको उपभोक्ता समितिले गरेको कम कामलाई बढी देखाएर भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर भएकामा मेयर अजय प्रकाश, उपमेयर रिता देवी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियरद्वय राजेशकुमार साह, मो. मकसुद आलम, योजना शाखाका प्रमुख राम नरेश प्रसाद यादव, वडा ८ का अध्यक्ष तथा कार्यपालिका सदस्य समिशविक्रम साह, मनोजप्रसाद जैसवाल, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता चौधरी र सचिव योगेन्द्र साह थिए ।
सो योजनामा नगरप्रमुख अजय प्रकाशले उपभोक्ता समितिलाई १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ भुक्तानी दिएको दाबी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण