टुसाल विद्यालयस्तरीय पौडीको दोस्रो तेस्रो संस्करण असोज ३ गते
काठमाडौँ । टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको तेस्रो संस्करण असोज ३ गते आयोजना हुने भएको छ । यसअघि प्रतियोगिता भदौ ७ गते हुने भनिएको थियो । तर, प्राविधिक कारणले प्रतियोगिता स्थगित भएका थियो ।
सोही प्रतियोगिता असोज ३ गते आयोजना गर्न लागिएको जानकारी टुसाल मल्टिभेन्यूका ब्यवस्थापक बिमोन्ड ओझाले दिए । प्रतियोगिता तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्यूको स्विमिङ पुलमा हुनेछ । सो प्रतियोगिता २५ मिटर फ्रीस्टाइल विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गल्र्स, सिनियर ब्वाइज र सिनियर गल्र्स गरी चारवटा विधा समावेश गरिएको आयोजकले जनाएको छ । विजयी खेलाडीलाई ट्रफी, मेडल र अन्य पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा करिब एक सयजना खेलाडीको सहभागिता रहने बताइएको छ । हालसम २० वटा विद्यालयले सहभागिताका लागि नाम दर्ता गरिसकेको र यसपटक सरकारी विद्यालयका विद्यार्थीले पनि निःशुल्क रुपमा सहभागिता जानउन पाउने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण