नेपाल पुलिस क्लबले आज माल्दिभ्समा ताजकिस्तानको क्लबसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ । मल्दिभ्सको राजधानी मालेमा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले मंगलबार आफ्नो तेस्रो खेल खेल्दैछ । पुलिस क्लबले तेस्रो खेलमा ताजकिस्तानको डाई मेडसँग भिडन्त गर्नेछन् ।
पुलिस क्लबले यसअघि लगातार दुई खेलमा जित हात पारेको छ । पुलिस क्लबले यसअघि आफ्नो पहिलो खेलमा आइतबार उज्बेकिस्तानको हुमो क्लबलाई ३–० सेटमा पराजित गरेको थियो ।
दोस्रो खेलमा पुलिस क्लबले सोमबार श्रीलंकन एयर फोर्सको टोलीलाई ३–० सेटले हराएको हो । त्यो खेलमा पुलिस क्लबले श्रीलंकन एयर फोर्सको टोलीलाई २५–१६, २५–२०, २५–२१ अंकले पराजित गरेको थियो ।
नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब उक्त च्याम्पियनसिपमा सहभागिता जनाएको हो । पुलिस क्लबले आफ्नो चौथो खेल बिहीबार माल्दिभ्सको क्लब भामकोसँग र पाँचौँ तथा अन्तिम खेल शुक्रबार माल्दिभ्सकै पुलिस क्लबसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण