फिल्म ‘मायावी’ पुस २६ गते प्रदर्शनमा आउने
मङ्गलबार, ०१ असोज २०८१, १४ : ३८
काठमाडौँ । फिल्म ‘मायावी’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि कात्तिक १५ गते लक्ष्मीपूजामा आउने भनिएको फिल्मको प्रदर्शन मिति परिवर्तन गरेर पुस २६ गते सारिएको छ ।
निर्देशक दीवाकर भट्टराईले फिल्मको प्रदर्शन मिति परिवर्तन गरिएको जानकारी दिए । उनले नयाँ फिल्म ‘नरसिंहा’को छायांकन र विभिन्न कारण फिल्म पहिले निर्धारित मितिदेखि पछाडि सार्नु परेको जानकारी दिए ।
पल शाह र दीपिका प्रसाईं अभिनीत फिल्म ‘मायावी’ सुशील सिटौला, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार लगायतको समेत अभिनय छ ।
एक वर्ष लामो हिरासत बसाइपछि अभिनेता पलले अभिनय गरेको यो पहिलो फिल्म हो । यसपछि उनले अभिनय गरेको ‘रावायण’ रिलिज भइसकेको छ । रावायण रिलिजको नतिजा राम्रो नभएको कारण पनि ‘मायावी’ रिलिज सारिएको चर्चा छ ।
फिल्ममा चन्द्र पन्त र राज कटुवाल निर्माताको रुपमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण