ग्रामी जितेको माइली साइरसको गीतमाथि चोरीको आरोप
लस एन्जलस । अमेरिकी गायिका माइली साइरसमाथि चोरीको आरोप लागेको छ । गायिकाले जुन गीतका लागि ग्रामी जितेकी थिइन् त्यही गीतमा चोरीको आरोप लागेको हो । गायक ब्रुनो मार्सको लोकप्रिय गीतको साइरसले आफ्नो गीत ‘फ्लावर्स’मा नक्कल गरेको आरोप लागेको छ ।
माइलीको यस गीतले यही वर्ष ग्रामीमा सर्वश्रेष्ठ पप सोलोको श्रेणीमा ग्रामी अवार्ड पाएको थियो । यो गायिकाको पहिलो ग्रामी अवार्ड थियो । गत वर्ष रिलिज भएको यो गीत अमेरिकामा आठ हप्तासम्म पहिलो नम्बरमा रहेको थियो । बेलायतमा यो गीत १० हप्तासम्म पहिलो स्थानमा रहेको थियो ।
यस मामिलामा साइरसमाथि मुद्दा दायर भएको छ । फ्लावर्स लेख्दा माइली र उनका सह–लेखकहरूले ब्रुनो मार्सको ‘जब आई वॉज योर म्यान’को केही हिस्साको नक्कल गरेको बताइएको छ । ब्रुनोको यो गीत २०१३ मा आएको थियो । मिडिया रिपोर्टका अनुसार टेम्पो म्युजिक इन्भेस्टमेन्ट नामको कम्पनीले माइली विरुद्ध प्रतिलिपि अधिकार उल्लङ्घनको मुद्दा हालेको छ ।
मुद्दामा माइलीको साथमा गीतका सह–लेखकहरू ग्रेगरी हेन र माइकल पोलकको नाम पनि मुछिएको छ । टार्गेट, वालमार्ट, एप्पल र सोनी म्युजिक पब्लिसिङलगायत धेरै कम्पनीमाथि माइलीका यो गीत वितरण गरेको आरोप लगाइएको छ । कम्पनीले फ्लावर्स गीतको वितरण पूर्ण रूपमा रोक्न र प्रदर्शन बन्द गराउन पनि माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण