भैँसीसँग कार ठोकिएर चार जना घाइते
मङ्गलबार, ०१ असोज २०८१, २१ : ५१
विराटनगर । विराटनगर–१४ मलाया रोडमा भैँसीसँग कार ठोकिएर अनियन्त्रित हुँदा चार जना घाइते भएका छन् ।
सडकमा एक्कासी भैँसीसँग ठोकिएको कार अनियन्त्रित भएर एकसय मिटर दुरीमा पल्टिएको हो । बा१९च २६१८ कारमा सवार एमडी हलिम र रिचा जैन सामान्य घाइते छन् ।
भैँसी घटना स्थलमै मरेको छ । भैँसीमा ठोकिएर कार अनियन्त्रित हुँदा को.१५प ६३८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसमा सवार विराटनगर १८ का देवानन्द यादव र अनिता राजलक्ष्मी यादव सामान्य घाइते भएका छन् ।
घटनाको थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण