स्वर्ण जितेको चार दिनपछि शारीरिक सुगठन खेलाडी प्रकाशको निधन
बुधबार, ०२ असोज २०८१, २१ : ४८
काठमाडौँ । गत शनिबारमात्र ‘पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता’ मा स्वर्ण पदक जितेका शारीरिक सुगठन खेलाडी प्रकाश राईको बुधबार निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।
बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल ग्रान्डी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा ४५ वर्षीय राईको निधन भएको थियो ।
राईले मिस्टर काठमाडौ प्रतियोगितामा ७५ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण पदक जितेका थिए । उनी फोनिक्स फिट्शालाका खेलाडी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण