शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

यो वर्ष एसईईको नतिजा २२ प्रतिशतले सुधार गर्छौँ : प्रधानमन्त्री ओली

बुधबार, ०२ असोज २०८१, १३ : ०१
बुधबार, ०२ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको क्षेत्रमा पछाडि परेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालीहरू शिक्षा क्षेत्रमा पछाडि परेको बताएका हुन।

'हामी शिक्षा पछाडि परेका छौ। सीपमा पछाडि परेका छौ। खोज अनुसन्धानमा पछाडि परेका छौ। यसमा हामीले विशेष काम गर्नुपर्छ,' प्रधानमन्त्री ओलीले भने।

एसईईमा रहेको कमजोर नतिजा यो वर्ष नै करिब ७० प्रतिशतमा पुर्याउनेगरी काम भइरहेको बताए। ४८ प्रतिशतमा रहेको एसईईको पासदर यो वर्ष नै बढाएर ७० प्रतिशत पुर्याउनेगरी सरकारले काम थालेको बताए। 

'हुन त केही विद्वान मित्रहरूले भन्ने गरेका पनि छन्। तर हामी अनलाइन कक्षा चलाएर यो वर्ष नै २२ प्रतिशत नतिजा सुधार गर्छौँ । हामीले त्यस्तो भनिरहँदा विद्वान मित्रहरू विरोध गर्न थालेका छन्। हुन त उहाँहरूको कामै त्यही हो। हामी यही वर्ष नै २२ प्रतिशत सुधार गर्नेतिर लागेका छौ,' प्रधानमन्त्री ओलीले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप