सेयर बजार
नेप्से ४ अंकले घट्यो, कारोबार साढे ५ अर्बमा सीमित
बुधबार, ०२ असोज २०८१, २१ : ४७
काठमाडौँ । बुधबार नेपाल स्टक एक्सजेन्ज (नेप्से) मा गिरावट आएको छ । नेप्सेका अनुसार यस दिन परिसूचक ४ अंकले घट्दै २ हजार ५७६.७६ को बिन्दुमा अडिएको हो ।
यसअघिको कारोबार सोमबार पनि नेप्से ५७ अंकले घटेको थियो । मंगलबारको काठमाडौँ उपत्यकामा सार्वजनिक बिदापछि खुलेको बजार पनि घट्दा कारोबार समेत खुम्चिन पुगेको छ । बुधबार ५ अर्ब ६६ करोड हाराहारीको कारोबार मात्रै भएको नेप्सेले जनाएको छ ।
यस दिन सबैभन्दा बढी सीईडीबी हाइड्रोपावरको सेयर कारोबार हुँदा १९७ कम्पनीले घाटाको कारोबार गरे । नेप्सेका अनुसार कारोबारको अन्तिमसम्म आइपुग्दा बुधबार बैंकिङ र निर्जिबन समूहबाहेकका सेयर घट्न पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण