चार महिलाको कथा समेटिएको ‘द अनसाइलेन्स’ असोज २० मा प्रदर्शन हुने
काठमाडौँ । फरक क्षेत्रका ४ महिलाको कथा समेटिएको वृत्तचित्र ‘द अनसाइलेन्स’ नेपालमा पनि प्रदर्शन हुने भएको छ । युरोप, जापान लगायता विभिन्न देशमा प्रदर्शन भएको ‘द अनसाइलेन्स’ सुन्धारास्थित सीडीसी सिनेमाजमा आगामी अक्टोबर ६ अर्थात असोज २० गते प्रदर्शन हुन लागेको हो ।
वेन फिल्मस् प्रालिको प्रस्तुतिमा बनेको ‘द अनसाइलेन्स’ टोसित घतानेले निर्देशन गरेका हुन् । यसका निर्माता प्रमोद लामिछाने र सह–निर्माता सागर ढकाल हुन् । १ घण्टा नौ मिनेटको ‘द अनसाइलेन्स’ मा राधा भण्डारी, माया श्रेष्ठ, सुन्दरी मिश्र र सुकुन रसाइलीको रियल जीवन कथा प्रस्तुत गरिएको छ ।
बाल विवाहपछि घरेलु हिंसा भोगेकी राधा, कुवेतमा पुगेर मानव बेचबिखनको पन्जाबाट उम्किएर नेपालमा उद्यमी बनेकी माया, शारीरिक रूपमा होची सुन्दरी नेपाली समाजले बनाएको तल्लो जात भनेर हेपिएकी सुकुनको जीवन कहानी वृत्तचित्रमा समेटिएको निर्देशक घतानीले बताए ।
विदेशको चर्चा पछि नेपालमा सचेतनाका लागि वृत्तचित्र प्रदर्शन गर्न लागिएको छ । अहिले काठमाडौँमा देखाउन लागिएको ‘द अनसाइलेन्स’ देशभर देखाउने निर्माण युनिटको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण