महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफी नेपालमा
बुधबार, ०२ असोज २०८१, १६ : ०९
काठमाडौँ । नेपालमा महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफी आयोजना हुने भएको छ । नेपाल रग्बी संघका अनुसार, प्रतियोगिता असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको ब्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगितामा पुरुषतर्फ १४ टोलीको सहभागिता रहनेछ । महिलातर्फ भने आठ टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा चार सय ५० भन्दा बढी धेरै खेलाडी तथा अफिसियलको सहभागिता रहने पनि संघले जनाएको छ । प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई ट्रफी र मेडल प्रदान गरिने छ ।
उक्त प्रतियोगिताको अनुमानित बजेट दुई करोड २० लाख रुपैयाँ रहेको संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण