दक्षिण अफ्रिकामाथि अफगानिस्तानको शानदार जित
शारजाह । अफगानिस्तानले पहिलो एक दिवसीय खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य अफगानिस्तानले मात्र ४ विकेटको क्षतिमा पछ्यायो ।
अफगानिस्तानका लागि गुलाबदिन नाइबले नटआउट रहँदै ३४ रन तथा अजम्तुल्लाह ओमरजाईले नटआउट रहँदै २५ रन बनाएर टोलीलाई जित दिलाए । रियाज हसन र कप्तान हसमतुल्लाह शाहिदीले समान १६–१६ रनको योगदान दिए । दक्षिण अफ्रिकाका लागि जोरन फोर्चुनले २ तथा ऐडन माक्रम र लुंगी एनगिडीले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका एक दिवसीयमा आफ्नो तेस्रो न्यून स्कोरमा समेटिएको थियो । टोली मात्र ३३.३ ओभरमा १ सय ६ रनमा अलआउट बन्न पुग्यो । यसअघि टोली सन् २००८ मा इंग्ल्याण्डविरुद्ध ८३ रन तथा सन् २०२२ मा भारतविरुद्ध ९९ रनमा अलआउट भएको थियो ।
टोलीले १० ओभरमा ७ विकेट गुमाउँदै ३६ रनको खराब स्थितिमा रहेको थियो । टोलीका लागि वियान मुल्डरले ५२ रन बनाउँदै केही आशा जगाएका थिए । फोर्चुनले १६ रन, टोनी डे जोर्जीले ११ रन तथा कायल भेरेनीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
अफगानिस्तानका लागि फजहल फारुकीले ७ ओभर बलिङ गर्दै ४ विकेट लिए । उनी टोलीका लागि एक दिवसीयमा १ सय विकेट लिने तेस्रो तीव्र गतिका बलर बनेका छन् । त्यस्तै, अल्लाह मोहम्मद गाजानफरले ३ विकेट हात पारे भने रासिद खानले दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण