च्याम्पियन्स लिग फुटबल : फराकिलो जितसँगै स्कटिस क्लब सेल्टिक दोस्रो स्थानमा
काठमाडौँ । स्कटिस क्लब सेल्टिकले जारी सिजनको युरोपियन च्याम्पियन्स लिगमा उत्कृष्ट सुरुवात गरेको छ । लिग चरणको आफ्नो पहिलो खेलमा सेल्टिकले स्लोभाकियन प्रतिद्वन्द्वी स्लोभान ब्रातिस्लाभालाई ५–१ गोलको फराकिलो अन्तरले हराएको हो ।
घरेलु मैदान सेल्टिक पार्कमा खेलिएको उक्त खेलमा सेल्टिकले पहिलो हाफमा एक र दोस्रो हाफमा चार गोल गरेको थियो । खेल सुरु भएको १७औँ मिनेटमै सेल्टिकका लागि लियाम स्केल्सले पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा सेल्टिक अगाडि रह्यो ।
निर्धारित समयको ४७औँ मिनेटमा क्योगो फुरुहासीले सेल्टिकको अग्रता दोब्बर बनाएका थिए । ५६औँ मिनेटमा अर्ने एंगल्सले सेल्टिकलाई ३–० को अग्रता दिलाएका थिए । निर्धारित समयको ६०औँ मिनेटमा स्लोभान ब्रातिस्लाभाका लागि विमरले एक गोल फर्काएका थिए ।
यसैगरी, निर्धारित समयको ७०औँ मिनेटमा डेजेन मेडाले सेल्टिकलाई ४–१ को अग्रता दिलाएका थिए । निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि एडम ईडाहले सेल्टिकका लागि पाँचौँ तथा अन्तिम गोल गरेका थिए ।
जारी सिजनको लिग चरणमा कुल ३६ टोलीको सहभागिता रहेको छ । सेल्टिक तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । जर्मन क्लब बायर्न म्युनिख तालिकाको पहिलो स्थानमा छ । बायर्न म्युनिखले मंगलबार राति आफ्नो पहिलो खेलमा डायनामो जाग्रेबलाई ९–२ गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण