एभरेस्ट महिला भलिबल लिग : ललितपुर क्विन्सको ट्यालेन्ट हन्ट शनिवार
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिगका लागि ललितपुर क्विन्सले आगामी शनिबार (असोज ५ गते) ट्यालेन्ट हन्ट गर्ने भएको छ । महिला भलिबल लिगका लागि खेलाडी छनोट गर्न ट्यालेन्ट हन्ट गर्न लागिएको हो ।
ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल तालिम केन्द्रमा अपराह्न १२ बजेदेखि ट्यालेन्ट हन्ट सुरु हुने क्लबले जनाएको छ । क्लबका मुख्य प्रशिक्षक उत्सव खड्कालगायत व्यवस्थापकीय टोलीले उक्त कार्यक्रमबाट महिला भलिबल लिगका लागि एक जना उत्कृष्ट खेलाडी छनोट गर्नेछ ।
छनोट हुने खेलाडीले आगामी असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुने एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सको प्रतिनिधित्व गर्ने अवसर पाउने क्लबले जनाएको छ ।
कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको खेलाडी मात्र ट्यालेन्ट हन्टमा भाग लिन पाउने छन् । महिला भलिबल लिगको नियमावली अनुसार, प्रत्येक टोलीमा १२ जना खेलाडी समावेश हुनेछन् । त्यसमध्ये आठ जना आयोजकले ड्राफ्टमार्फत हरेक टोलीलाई उपलब्ध गराएको छ । तीन जना विदेशी खेलाडी सम्बन्धित क्लबले आफै छनोट गर्नु पर्नेछ । एक जना खेलाडी क्लबले ट्यालेन्ट हन्टमार्फत छनोट गर्नु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण