श्रीलंकाका लागि प्रस्तावित राजदूतको स्नातक पास प्रमाणपत्र नभेटिएपछि समितिमा ‘हंगामा’
काठमाडौँ । प्रस्तावित १७ राजदूतबारे निर्णय गर्न बसिरहेको संसदीय सुनुवाइ समितिमा आवश्यक कागजात नभेटिएपछि हंगामा भएको छ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि हंगामा भएको हो ।
राजदूत नियुक्तिका लागि चाहिने आवश्यक योग्यतामा स्नातक तह उत्तीर्ण हुनुपर्ने हुन्छ । तर, राजदूत नियुक्तसम्बनधी निर्देशिकामा अनुसार समितिमा उनको स्नातक उत्तीर्णको प्रमाणपत्र फेला नपरेपछि अहिले यही विषयमा छलफल चलिरहेको समितिका एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।
यसअघि संसदीय सुनुवाइमा आफ्नो कार्ययोजना पेस गर्दै भट्टराईले आर्थिक कूटनीतिलाई केन्द्रबिन्दु बनाएर काम गर्ने बताएका थिए । लुम्बिनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन समेत प्रयास गर्ने उनको भनाइ थियो ।
गत साउनको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो। संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। त्यसबारे बिहीबार बसेको बैठकले आवश्यक निर्णय लिने ती सदस्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
-
एमालेको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा ८७.६ प्रतिशत मत (मत सर्वेक्षण नतिजा)
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण