जनताले नेताभन्दा बरू राजा ज्ञानेन्द्र नै राम्रो भन्न थालिसके : डा. दीक्षित
काठमाडौँ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले अहिलेको संविधानलाई संशोधन गरेरमात्रै समस्याको समाधान नहुने जिकिर गरेका छन् । उनले यसको पूर्ण पूनरावलोकन गर्नुपर्ने आवश्यकता समेत औँल्याए ।
बिहीबार आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले आयोजना गरेको ‘नेपालको संविधान : समाधान कि समस्या’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै डा. दीक्षितले यस्तो बताएका हुन् । उनले अहिले खान पल्किएका नेताहरुले लोकतान्त्रिक गणतन्त्रमाथि खतरा भएको भन्दै हाउगुजी पिटेको पनि टिप्पणी गरे । तर, युवाहरुमा यी नेतामाथि आक्रोश भने उनीहरुकै कार्यशैलीको कारण बढेको भन्ने कुराको चेत नेताहरुमा अझै नआएको दीक्षितको दाबी छ ।
अहिलेका नेताहरु पूर्वराजा ज्ञानेन्द्र शाहसँग डराएर बसेको पनि उनको आरोप छ । उनले भने,‘राजा त आरामसँग नागार्जुनमा बसेका छन् । तर, नेताकै कर्तुतको कारण आज जनता राजातिर ढल्किएको चाहीँ पक्का हो । शंका नै मान्नुपर्दैन । नेताभन्दा बरु राजा ज्ञानेन्द्र नै राम्रो भन्न थालिसके । घरघरमा यो कुराको चर्चा छ ।’
उनले वर्तमान संविधान जारी गर्दा राज्य सञ्चालनमा बसेकाहरुले बलमिच्याईं गरेको आरोप लगाए ।
सोही कार्यक्रममा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले अहिले नेपाल धर्म र संकटको अवस्थामा आईपुगेको उल्लेख गर्दै अब नयाँ विकल्पमा जानुपर्ने आवश्यककता औंल्याएका छन् । उनले अहिलेको संविधानले समस्यामात्रै दिएकोले समाधानको लागि अर्को विकल्पमा जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण