‘बेहुली फ्रम मेघौली’ ट्रेलर : विवाहका लागि सङ्घर्षको कथा
काठमाडौँ । ‘बेहुली फ्रम मेघौली’ स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्म हो । विवाहको विषयवस्तुमाथि निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार राजधानीमा एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरमा एक छोरीलाई योग्य वरका लागि गरिने सङ्घर्षको कथा देखाउन खोजिएको छ । ट्रेलर हेर्दा फिल्ममा विवाहको सामाजिक परम्परागत मान्यतालाई फिल्मले व्यङ्ग्य गरेको अनुमान गर्न सकिन्छ ।
फिल्ममा निश्चल र स्वस्तिमाको अलवा विजय बराल, वसुन्धरा भुसाल, रक्षा थापा, लोकेन्द्र लेखक, आमिर गौतम, सिरु विष्ट, सिम्रन खड्का, शिशिर सिवाकोटी लगायतको अभिनय छ ।
साजन काफ्ले र आकाश बरालको संयुक्तरुपमा निर्देशन रहेको फिल्मको पटकथा यी दुवैले मिलेर लेखेका हुन् । फिल्मका निर्माता स्वस्तिमा खड्का र निश्चल बस्नेत हुन् । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्म असोज १७ गते घटस्थापनाको अवसर पारेर प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण