पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न मन्त्री यादवको आग्रह
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न र नियमित क्लोरिनेसन प्रक्रिया अपनाउन आग्रह गरेका छन् ।
ललितपुरको गोदावरी नगरपालिका-१४ स्थित ठैवस्थित इनार निरीक्षणपछि उनले उक्त आग्रह गरेका हुन् । उक्त इनारबाट केही समयअघि हैजा फैलिएको थियो । निरीक्षणपछि मन्त्री यादवले भने, “बर्खामा इनार र ट्युबवेलजस्ता खुला मुहानमा ढल मिसिँदा पानीमा दिसाजन्य किटाणुको जोखिम बढ्छ, जसले हैजा र झाडापखाला फैलिन सक्छ, त्यसैले उपभोक्ताहरुलाई शुद्ध पानी मात्र वितरण गर्नुपर्छ ।”
मन्त्री यादवले समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी उमालेर वा क्लोरिनेसन गरिएको पानी मात्र प्रयोग गर्नुपर्ने सन्देश फैलाउन पनि निर्देशन दिए । उनले आजै गोदावरी नगरपालिका–१४ मा रहेको नसारहित समाज नेपाल (सुधार केन्द्र)को इनार, गोदावरी खोलाको पानी र त्यहाँको सतह स्रोतको पानीको समेत निरीक्षण गरेका छन् ।
खानेपानी विभागअन्तर्गतको गुणस्तर सुधार तथा सेवा नियमन शाखाले मोबाइल परीक्षण भ्यान प्रयोग गरी स्थानीय स्तरमा पानीको गुणस्तर मापन गरेको थियो । पानी परीक्षणको नतिजा २४ घण्टाभित्र आउने जानकारी शाखाका प्रमुख पूर्णप्रसाद उपाध्यायले दिए ।
निरीक्षण कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक अशोक पौडेल, ठैव खानेपानी उपभोक्ता समितिका अध्यक्ष महेन्द्र श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशन सञ्जिवबिक्रम राणालगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण