थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण

काठमाडौं । लेखक कार्ल बिक्रम थापाद्वारा लिखित पुस्तक ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ लोकार्पण भएको छ ।
बिहीबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच लेखक थापाद्वारा लिखित पुस्तक ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ लोकार्पण भएको हो । पुस्तक राष्ट्रिय सभाका सदस्य वामदेव गौतम, नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा र पूर्वमन्त्री तथा नेकपा(माओवादी केन्द्र)कि केन्द्रीय सदस्य कल्पना धमला लगायतले लोर्कापण गरेका थिए । पुस्तकका सन्दर्भमा अमेरिकाका लागि नेपालका पूर्व राजदूत तथा हाल भारतका लागि राजदूत अनुमोदित भएका शंकर शर्मा र त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक प्रा.डा. सुरेन्द्र केसीले टिप्पणी गरेका थिए ।
पुस्तकमा अमेरिकी झन्डाको इतिहास, अमेरिकी राष्ट्रिय गान, अमेरिकाको सङ्क्षिप्त इतिहास र अमेरिकामा रहेका जनजातिहरुको बारेमा उल्लेख गरिएको छ । त्यसैगरी ब्रिटिश शासन तथा औपनिवेशिक काल, स्वतन्त्रता प्राप्ति, संविधान निर्माण र राष्ट्रिय सरकारको स्थापना, दासप्रथा र स्वतन्त्रता भुमि आन्दोलनको विषयमा पनि लेखिएको छ । पुस्तकमा अमेरिका अन्तर्राष्ट्रिय युद्ध र विकास, दोस्रो विश्वयुद्ध र त्यसपछिको अमेरिका र अमेरिकाका विभिन्न युद्धहरु लगायतका विभिन्न विषयहरुलाई समेटिएको छ । त्यसका साथै अमेरिकाको संविधानका सबै पक्षहरुलाई पुस्तकमा उतारिएको छ ।
लेखक स्वयम्ले प्रकाशन गरेको ७१६ पृष्ठको पुस्तकको मुल्य १ हजार १५० रुपैयाँ तोकिएको छ । लोकार्पण समारोहमा बोल्दै अतिथि वक्ताहरुले अमेरिकाजस्तो विकसित मुलुकको संविधान बारे जान्न बुझ्न चाहानेहरुका लागि सो पुस्तक उपयोगी हुने बताए ।
लोकार्पण समारोहमा बोल्दै लेखक थापाले आफ्नो पुस्तकले अमेरिकाको संविधानको बारेमा नेपाली भाषामा बुझाउने र त्यसका विभिन्न पाटा तथा पक्षहरुका बारेमा जानकारी गराउन मद्दत गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म
-
किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला
-
आईपीएल : मुम्बईले राजस्थानसामु दियो २१८ रनको लक्ष्य
-
जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेपाललाई विश्वकै साथ चाहिन्छ : उपराष्ट्रपति यादव
-
धनुषामा ट्याक्टरसहित ३ जना नियन्त्रणमा
-
यस्तो छ शुक्रबारको संसद् बैठकको सम्भावित कार्यसूची