पत्रकार महासङ्घको निर्वाचन : उम्मेदवार मनोनयन कार्यक्रम स्थगित
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तर्गत आजको लागि तय भएको उम्मेदवार मनोनयन कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरिएको छ । निर्वाचन समितिले अर्को सूचना नआएसम्म उम्मेदवार मनोनयन कार्यक्रम स्थगित भएको जनाकारी दिएको हो ।
समितिले एक सूचना जारी गर्दै भनेको छ– नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, संस्थागत शाखाको २०८१ साल असोज १२ गते तोकिएको निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको विदितै छ । निर्वाचनको कार्यक्रम अन्तरगत उम्मेदवारको मनोनयन दर्ता गर्नको लागि २०८१ असोज ०४ गते मिति तोकिएकोमा नेपाल पत्रकार महासङ्घबाट प्राप्त पत्र अनुसार २०८१ असोज ०४ गतेको उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभए सम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ ।
नेपाल पत्रकार महासङ्घले तोकेको मिति र समयमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको निर्वाचन समितिले उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सभा : सत्तापक्षका सांसद भन्छन्– ‘बजेट निर्माणमा मन्त्रीहरूको स्वेच्छाचारिता भयो’
-
‘वित्तीय ग्राहक सन्तुष्टि सर्भेक्षण’ गर्दै राष्ट्र बैंक
-
आलुको परिकारमा साङ्ला भेटिएपछि...
-
घरेलु समर्थकको साथमा अमेरिका, बोस्नियाविरुद्ध अन्तिम १६ को लक्ष्य
-
गोल्डेन बुटको दौडमा एमबाप्पे र हालान्ड, युरोपका दुई महारथीलाई अफ्रिकी टिमको चुनौती (भिडियो)
-
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण