फिल्म ‘सानो संसार’ सेन्सर पास
काठमाडौँ । फिल्म ‘सानो संसार’ सेन्सर पास भएको छ । बिहीबार केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) ले फिल्म हेर्दै सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट दिएको हो । फिल्मलाई सेन्सर बोर्डका प्रतिनिधिले एकदमै राम्रो प्रतिक्रिया दिएको निर्माता अर्जुनकुमारले बताए ।
उनका अनुसार सेन्सर बोर्डका प्रतिनिधिले ‘सानो संसार’ हेरेपछि मध्यम वर्गीय परिवारको मर्मस्पर्शी कथाले मन जितेको प्रतिक्रिया दिएका थिए । फिल्म सबै दर्शकले हेर्न पाउने छन् । अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मले मध्यमवर्गीय परिवारले गर्ने सङ्घर्ष र सन्तानको विदेश मोहले निम्त्याएको कलहलाई मर्मस्पर्शी ढङ्गले पस्किएको छ ।
पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिकामा छिन् । सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ । सबै कलाकारले नेपाली फिल्ममा यसैमार्फत डेव्यु गरेका हुन् ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानरमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माता माधव वाग्ले हुन् । फिल्मको निर्देशन सिद्धार्थ पुडासैनीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण