संविधानको विरोध गर्नेलाई राज्यविरुद्धको कसुरमा अनुसन्धान
शुक्रबार, ०४ असोज २०८१, २० : ४२
काठमाडौँ । संविधानको विरोध गरेको आरोपमा काठमाडौँको माइतीघरबाट पक्राउ परेका एकजनालाई प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको छ ।
असोज ३ गते पक्राउ परेका पर्वतको पैयू गाउँपालिका–३ घर भएका ६० वर्षीय टिकाराम भुषाललाई राज्यविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
भुषाललाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले ५ दिनको म्याद दिएको छ । उनीमाथि प्रहरी वृत सिंहदरबारले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कर्ष र विचलनबाट हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन
-
विश्वकपमा रमाइरहेको देश, तर दशरथ रंगशाला भने दयनीय अवस्थामा
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण