असन्तुष्ट नेताबारे जसपा नेपालको सचिवालयले अध्ययन गर्ने
शुक्रबार, ०४ असोज २०८१, २१ : २८
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालभित्र असन्तुष्ट रहेका नेताहरूबारे अध्ययन गर्ने जिम्मेवारी पार्टी सचिवालयलाई दिएको छ ।
पार्टीको पदाधिकारी नपाएपछि केही नेताहरू असन्तुष्ट छन् । ती असन्तुष्ट नेतालाई पदाधिकारी लगायत अन्य पदमा कसरी समावेश गराउन सकिन्छ भन्नेबारे सचिवालयले अध्ययन गरेर प्रतिवेदन तयार गर्ने निर्णय जसपा नेपालको कार्यकारिणी समितिको बैठकले गरेको छ ।
बैठक शुक्रबार सम्पन्न भएको छ । जसपा नेपालले विभागलाई पूर्णता दिने निर्णय पनि गरेको छ । विभागमा रहेका सदस्यहरू बसेर पूर्णता दिने निर्णय भएको जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए ।
उपचुनावका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गराउने समेत निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण