खैबर पख्तुनख्वामा पाकिस्तानका ६ सैनिकको मृत्यु
शुक्रबार, ०४ असोज २०८१, २२ : १८
इस्लामवाद । पाकिस्तानको खैबर पख्तुनख्वामा पाकिस्तानी सुरक्षा बल र चरमपन्थीबिचको छुट्टाछुट्टै भिडन्तमा सेनाका ६ जवानको मृत्यु भएको छ । यस घटनामा १२ जना आतङ्ककारी मारिएको बताइएको छ ।
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार, छुट्टाछुट्टै मामिलामा सेनाको जवाफी कारबाहीमा मुठभेडको क्रममा १२ आतङ्ककारी मारिएका हुन् ।
‘आतंकवादीहरू विरुद्धको यो अभियान खैबर पख्तुनख्वाको उत्तर र दक्षिण वजिरिस्तानमा गोप्य सूचनाको आधारमा सञ्चालन गरिएको थियो,’ विभागले विज्ञप्तिमा भनेको थियो ।
विज्ञप्तिका अनुसार आतंककारीहरूबाट ठूलो परिमाणमा हतियार, गोलाबारुद र विस्फोटक पदार्थ बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण