तस्बिरमा हेर्नुहोस् सिन्धुलीको प्रख्यात धार्मिक स्थल कमलामाई मन्दिर
सिन्धुली । सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलमध्ये एक हो कमलामाई मन्दिर । यस मन्दिर सिन्धुली बजार क्षेत्रबाट करिब ८ किमी टाढा रहेको छ ।
माइस्थान समेत भनिने चिनिने कमलामाई मन्दिर जिल्ला सदरमुकामबाट वहने गौमति खोला र कमला खोलाको सङ्गम स्थलमा अवस्थित छ । यस मन्दिर बिपी राजमार्गमै रहेको छ । यातायातको साधनको सहज उपलब्धता तथा ऐतिहासिक तथा धार्मिक प्रतिष्ठाको कारण यस मन्दिरमा आउने भक्तजनहरूको ठुलो घुइँचो हुन्छ ।
कमलामाई मन्दिरको उत्पत्तिको सम्बन्धमा वास्तविक समय तथा प्रमाणिक कथनहरू भने अधुरै छन् । कमलामाई मन्दिरको धार्मिक प्रतिष्ठा ज्यादै उच्च छ । शुद्ध मनले दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले कमलामाई देवीको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दो छ ।
यस मन्दिरमा मकवानी राज्यका राजाहरू देखि इतिहासका विभिन्न समयमा देखिएका शासन प्रशासकहरूले चढाएको वस्तुहरूमा लेखिएको अक्षरहरूबाट यस मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्त्व थाहा हुन्छ ।
_B9nhotQ0so.jpg)
विसं १८८६ सालको माघ महिनामा चाँदीको मुकुट चढाउन तत्कालीन काजी भीमसेन थापा स्वयं कनिष्ठ पत्नी भक्त कुमारी सहित आएको कुरा पनि उनले चढाएको चाँदीको मुकुटमा कुँदिएको छ ।
_HAN15NgP2h.jpg)
कमलामाई मन्दिरमा प्राय सबै समयमा दर्शनार्थिहरुको भिड लाग्छ तर पनि माघ महिना भरी यहाँ पाठी वली दिने कार्य व्यापक हुन्छ । माघे सङ्क्रान्तिमा यहाँ ठुलो मेला लाग्दछ । यो मेला भर्न नेपाल तथा भारतका समेत तिर्थालुहरु यहाँ आउँछन् ।
_vmHgxRbmGP.jpg)
_KYFJJGoLVn.jpg)
_B5HzLvcqua.jpg)
_8ehBXNo6UC.jpg)
_soNVOhjYGy.jpg)
_R4GyDxg13B.jpg)
_ceVihyfetc.jpg)
_y33aOw6zEA.jpg)
_HjJis1HeLx.jpg)
_3mcZ9ok8tr.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण