एमाले-कांग्रेस मिलेर बनेको सरकारले देशलाई गति दिन्छ : महासचिव पोखरेल
दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखेरलले लोकतन्त्रमा दल बलियो हुनुपर्ने बताएका छन् । घोराहीमा शनिबार एमाले घोराही उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशन उद्घाटन गर्दै उनले राजनीतिक स्थिरता र विकासका लागि दलहरू बलियो हुनुपर्नेमा जोड दिए ।
महासचिव पोखरेलले हाम्रो संविधान मौलिक अधिकारका दृष्टिले उत्कृष्ट रहेको बताए । 'कमजोर राज्य भयो भने जनताका पक्षमा काम गर्न सक्दैन, त्यसैले जनता र राज्यबीचको सम्बन्ध गहिरो बनाउन लोकतन्त्रमा राजनीतिक दल बलियो हुनुपर्छ,' उनले भने, 'एमालेले सङ्कल्प गरेको छ, अठोट गरेको छ की मिसन ८४ का माध्यमबाट एकल बहुमतको सरकारको नेतृत्व गर्न चाहन्छौँ ।'
महासचिव पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वले मुलुकको विकासलाई पछि धकेलेको कुरा गर्नै नपाउने गरी माओवादीले कुरा गर्नु गलत भएको बताए । मुलुकका ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएकाले देशले गति लिने उनको भनाइ थियो ।
कार्यक्रममा एमालेका केन्द्रीय तथा स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण