एभरेस्ट महिला भलिबल लिग : मधेस युनाइटेडले ट्यालेन्ट हन्टबाट मिनालाई छान्यो
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिगका लागि मधेस युनाइटेडले ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरेको छ । मधेस युनाइटेडले ट्यालेन्ट हन्टबाट मिना चौधरीलाई छनोट गरेको हो ।
वीरगन्जको ज्ञानदा एकेडेमीमा भएको ट्यालेन्ट हन्ट कार्यक्रमबाट मधेस युनाइटेडका मुख्य प्रशिक्षक भरत यादव र व्यवस्थापकको टोलीले मिनालाई छनोट गरेको उक्त क्लबले जनाएको छ । ट्यालेन्ट हन्ट कार्यक्रममा यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेका प्रतिभावान् खेलाडीहरू उपस्थित थिए ।
ट्यालेन्ट हन्टमार्फत प्रत्येक क्लबले एकजना खेलाडीमात्र छनोट गर्न पाउने नियम छ । मिनाले अब यही असोज १४ देखि १९ गतेसम्म काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने एभरेस्ट महिला भलिबल लिगमा मधेस युनाइटेडको प्रतिनिधित्व गर्नेछिन् ।
ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरेपछि मधेस युनाइटेडले आफ्नो टोलीमा १२ जना खेलाडीको कोटा पनि पुरा गरेको छ । आयोजकको नियम अनुसार, हरेक टोलीमा १२ जना खेलाडी सहभागी हुनेछन् । मार्कीसहित आठजना खेलाडी ड्राफ्टमार्फत टोलीमा राखिएको थियो भने तीनजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम छ । एक खेलाडी भने ट्यालेन्ट हन्टमार्फत छनोट गर्ने प्रावधान छ ।
मधेशले विदेशी खेलाडीका रुपमा कजाकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभ्जेनिया, ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनी र भारतीय भलिबल टोलीकी कप्तान तथा सेटर जिनी कोभातलाई अनुबन्ध गरिसकेको छ ।
नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य निरुता ठगुन्ना मधेस युनाइटेडको मार्की प्लेयर हुन् । अन्य खेलाडीमा संगम महतो, शान्तिकला तामाङ, पूजा थारु, जसना महतो, हिरा केसी, एलिसा मानन्धर, र आशिका क्षेत्री रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण