आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित
काठमाडौँ । आकृति रोस्यारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरू घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्ल र संस्कार सिनियर ब्वाइजतर्फको विजेता बनेका हुन् ।
शनिबार अबेर साँझ राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा जुनियर गर्लतर्फ फष्ट रनरअप प्रिन्सु पुडासैनी, सेकेन्ड रनर अप भाविस्का दाहाल, थर्ड रनरअप आयंसी सापकोटा र फोर्थ रनरअप काब्या बुढाथोकी चुनिदा सिनियर गर्ल तर्फ फष्ट रनरअप दृष्टि सिंह थारु, सेकेन्ड रनरअप आरोही कर्ण, थर्ड रनरअप ब्रिसा भट्ट, फोर्थ रनरअप जेसी महर्जन भए ।
प्रतियोगितामा सिनियर ब्वाइजतर्फ फष्ट रनरअप आरोहण चिपालु, सेकेन्ड रनर अप अग्रिम पोखरेल थर्ड रनरअप राहुल यादव, फोर्थ रनरअप रुबिन श्रेष्ठ घोषित भए ।
विजेताहरुले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसरका अलवा विभिन्न गिफ्ट हृयाम्पर प्राप्त गरे ।
लभ कार्की (मुख्य कार्यकारी निर्माता मिडिया ९), मनोज विश्वकर्मा (प्रिन्सिपल युनाइेटट स्कुल), सन्तोष चापागाई (ईसिए कोअडिनेटर भ्याली भ्यु–स्कुल), सब्रिना मधिकर्मी (लिडर सिसिए इभेन्ट स्टुडेन्ट वेल फेयर), बिमल कटवाल (प्रिन्सिपल ललितपुर युरो स्कुल), आशिष थापा (चिफ अपरेशन अफिसर –जेभियर इन्टरनेशनल स्कुल), अनामिका कार्की (स्कुल प्रोग्राम म्यानेजर–काठमाडौं युरो आईबी वर्ल्ड स्कुल’ लगायत निर्णायक रहेका थिए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आठाँै संस्करण अन्तर्गत आयोजना गरेको प्रतियोगिता बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । ७ देखि १३ वर्षसम्मका विद्यालयमा अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए, भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण