अमेरिकन डलर साट्ने भन्दै ४० लाख रुपैयाँ ठगी
काठमाडौँ । अमेरिकन डलर देखाई नेपाली नगद साट्दा फाइदा हुन्छ भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भई भक्तपुर बस्ने ३० वर्षीय साजन भन्ने लालबहादुर घिसिङ, सिन्धुपाल्चोक घर भई भक्तपुर बस्ने २० वर्षीय सुनबहादुर तामाङ र २९ वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।
उनीहरूले चाँगुनारायण घर भएका नीरज थापालाई प्रलोभनमा पारेर ४० लाख रुपैयाँ ठगी गरी फरार भएका थिए । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पीआरसीबी भक्तपुरको संयुक्त प्रहरी टोलीले असोज ४ गते जडीबुटीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।
उनीहरू यसअघि पनि विभिन्न ठगीका घटनामा संलग्न रहेको खुलेको छ । उनीहरूको साथबाट एउटा मोटरसाइकल र विभिन्न कम्पनीका मोबाइल ४ थान बरामद गरिएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कर्ष र विचलनबाट हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन
-
विश्वकपमा रमाइरहेको देश, तर दशरथ रंगशाला भने दयनीय अवस्थामा
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण