करिश्मा स्कूलमा, छोरी कविता चलचित्रमा
काठमाडौँ । चलचित्र अभिनयमा कलाकारको सन्तान प्रवेशको क्रम बढ्दो छ । यस्तैमा सदाबहार अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर पनि अभिनयमा देखिने भएकी छन् ।
कविता पुराना अभिनेता शिव श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यू गर्न लागेकी हुन् ।
‘एउटा यस्तो प्रेम कहानी’ दीपेश सापकोटाले निर्देशन गर्न लागेका हुन् । निर्देशक सापकोटाले कविताले आफ्नो चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेको बताए । उनले शिव श्रेष्ठका छोरा शक्ति र करिश्मकी छोरी कवितालाई छिट्टै चलचित्रको कलाकारको रुपमा सार्वजनिक गर्ने जानकारी समेत दिए ।
केही पहिले अभिनेत्री करिश्माले आफ्नै होम प्रोडक्शनको चलचित्रबाट छोरीलाई डेब्यु गराउने बताएकी थिइन् । तर, अहिले भने उनले छोरीलाई शिवको चलचित्रबाट डेब्यु गराउन लागेकी हुन् ।
यो पनि पढ्नुहोस्
‘डाक्टर’ करिश्मा मानन्धर !
अध्यानका लागि लामो समयदेखि अमेरिका बस्दै आएकी कविता गत बर्षबाट स्वदेशमै छिन् ।
‘एउटा यस्तो प्रेम कहानी’ शिव श्रेष्ठले पहिलो पटक निर्माण गर्न लागेको चलचित्र हो । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, शिव श्रेष्ठलगायतको अभिनय समेत रहनेछ । चलचित्रको अहिले छायाँकन भइरहेको निर्माण युनिटले जनाएका छन् ।
अभिनेत्री करिश्मा भने अहिले अभिनयलाई पाखा लगाएर अध्यायनका लागि स्कूल जान थालेकी छन् । उनी हाल कक्षा १० मा अध्ययनरत छिन् ।
यो समय उनकी छोरी कविता अभिनयमा आउनुलाई धेरैले चासोका रुपमा हेर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण