हरर कमेडी ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक सार्वजनिक
काठमाडौँ। हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसन द्वारा निर्मित चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्।
चलचित्र 'नौ डाँडा पारी', 'मंगलसुत्र' निर्माण गरेका निर्माता अधिकारी करिव १५ वर्षपछि फेरि चलचित्र निर्माणमा फर्किएका हुन्। अब निरन्तर चलचित्र निर्माणमा लाग्ने उनको योजना रहेको छ।
सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन रहेको चलचित्र ‘फिरफिरे फिरिरी’ले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्नेमा निर्माण टिम ढुक्क देखिएको छ। यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।
नवीन भट्टको निर्देशनमा बनेको चलचित्रको पोस्टरमा चारजना पात्रहरूलाई देखाइएको छ। स्कुटीमा बसिरहेकी युवतीलाई तीन जना युवाहरूले तानातान गर्दै गरेको देखाइएको छ। चलचित्रको फर्स्टलुकसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ। चलचित्रको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन्।
‘फिरफिरे फिरिरी’ चलचित्रको नाम पहेलो रङ्गले हाईलाइट गरिेको छ जस्मा स्लोगन आज साइकल.. भोलि फरारी लेखिएको छ। यस चलचित्रमा मनोज कुमार अधिकारी,सन्दीप श्रेष्ठ, भावना उप्रेती,शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,एलिस कार्कीको ब्याकराउण्ड म्युजिक,प्रशान्त सिवाकोटीको संगीत,अमित श्रेष्ठको साउण्ड डिजाइन,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ। चलचित्रलाई देशभर आर.आर फिल्म्सले वितरण गर्नेछ। चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल प्रवेशपछि मेस्सीको उत्सव, जर्सी फुकालेर समर्थकसँग साटे खुसी
-
स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, इंग्ल्यान्डसँग भेट पक्का
-
लाउटारोको गोलसँगै अर्जेन्टिनालाई ३–१ को बलियो अग्रता
-
अल्भारेजको गोलमा अर्जेन्टिनाले लियो पुनः अग्रता
-
सरकारबारे राजेन्द्र महतो : १०० दिनमै ‘निरङ्कुशताको गन्ध’ आयो
-
अतिरिक्त समयको पहिलो हाफमा पनि गोल भएन, अर्जेन्टिना–स्विट्जरल्यान्डको खेल अझै बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण