काठमाडौँ महानगरमा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले सोमबार पदवहाली गरेका हुन् ।
भदौ २७ गते बसेको मन्त्रिपरिषद्ले गुरागाईँलाई काठमाडौँ महानगरमा पठाएको थियो । यसअघि उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ‘समृद्धि आयोजना’को प्रमुखका रूपमा कार्यरत थिए ।
परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, नेतृत्वको प्रतिष्ठा तथा ओजले काठमाडौँको गौरव वृद्धि भएको र प्रतिष्ठा बढेको बताए । अहिलेको गौरव र प्रतिष्ठालाई कम हुन नदिने गरी सहकार्यबाट काम गर्नुपर्ने बताउँदै उनले नेतृत्वको नीति र कर्मचारी संयन्त्रको कुशल प्रशासनिक एवं व्यवस्थापकीय सिपले काठमाडौँको उचाइ बढ्दै जाने बताए ।
मन्त्रिपरिषद्को निर्णय अनुसार निवर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् । उनको ४ गते बिदाइ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण