हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्न लागेका प्रधानमन्त्रीलाई सुमनाको प्रश्न– कुन नैतिकताले युवालाई देश फर्कन भन्नुहुन्छ ?
काठमाडौँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूलाई एउटा अनुरोध गरेकी छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा प्रश्न सोधिदिन उनले अनुरोध गरेकी हुन् ।
प्रधानमन्त्री ओलीले २७ सेप्टेम्बरमा हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूलाई एउटा प्रश्न सोध्न सुमनाले आग्रह गरेकी हुन् । सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै उनले भनेकी छन्, ‘नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्ने, देशलाई पुरुषको मात्र हो, महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातलले देश फर्क भन्ने हो ?’
नेपाल महिलाको माइत मात्रै हो भन्ने व्यक्तिलाई कुन नैतिकताले युवाहरूलाई स्वदेश फर्किनुहुन्छ भनेर आग्रह गर्नेबारे प्रश्न सोध्न उनले आग्रह गरेकी हुन् ।
शिक्षामन्त्री भएको बेला ओलीले श्रेष्ठलाई विदेशी नागरिक भएको र नेपाल माइत मात्रै भएको भनेका थिए । त्यसयता ओली र श्रेष्ठबिच वाकयुद्ध चल्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण