टेबलटेनिस : आयोजक स्ट्याग च्याम्पियन्स एकेडेमी अग्रस्थानमा
काठमाडौँ । आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले ‘स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग सजन–२ को पहिलो दिन सोमबार १९ अंक जोडेको छ । लैनचौनस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगितामा यल टेबलटेनिसले १३ अंकसहित दोस्रो स्थानमा छ ।
यसैगरी, होप्स टेबलटेनिस एकेडेमीले १२ अंकसहित तेस्रो र सिजन–१ को उपविजेता नेपाल पुलिस क्लबले नौ अंकसहित चौथो स्थानमा आसिन छन् । ज्ञान भैरव डिल्ली बजार टेबलटेनिस क्लब तीन अंक जोड्दै पाँचौँ स्थानमा छ ।
यसैगरी, नेपाल एपीएफ क्लब र रेड टाइल्सको समान दुई–दुई अंक छ । स्ट्यागले दुई खेलेको छ भने बाँकी सबै टोलीले समान एक–एक खेल खेलेका छन् । प्रतियोगितामा सातवटा टोलीको सहभागिता रहेको छ ।

सहभागी टोलीबिच पहिले राउन्ड रोविन लिग हुनेछ । लिग चरणको समाप्तिपछि शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । एक टोलीले समान दुई–दुई पुरुष÷महिला सिंगल्स र मिक्स डबल्स गरी कुल पाँच खेल खेल्नेछ । एक सेट जितका लागि दुई अंक प्रदान गरिने प्रावधान छ ।
प्रतियोगिताको अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्षसमेत रहेका सह–प्रायोजक सुमन खड्गीले उद्घाटन गरेका थिए । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि समान ५०–५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण