पोखराबाट १०३ च्याङ्ग्रा चोरेर भाग्दै गरेका एकजना पक्राउ
मङ्गलबार, ०८ असोज २०८१, १९ : ०५
पोखरा । पोखराबाट १०३ च्याङ्ग्रा चोरेर भाग्दै गरेका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र ३ का ताक्ला गुरुङको गोठबाट पोखरा ल्याइएका च्याङ्ग्रा चोरेर भागेका मोहमद फकिरलाई पक्राउ गरिएको हो ।
उनीसहित ३ जनाले ताक्लेको गोठबाट च्याङ्ग्रा किनेर पोखरा ल्याएका हुन् । ताक्लेलाई समेत पोखरा ल्याएका उनीहरुले ताक्ले होटलमा सुतिरहेको अवस्थामा च्याङ्ग्राको गाडी लिएर भागेका हुन् ।
४२ लाख तिर्नेगरी उनीहरुले च्याङ्ग्रा ल्याएका हुन् । फकिरलाई प्रहरीले सोमबार पक्राउ गरी आपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फकिरले च्यांग्रा पोखरा २५ को घट्टेखोलाबाट बिक्री गरी अन्य गाडीमा लोड गरेर अन्यत्रै पठाएको स्वीकारेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण