मोरङ प्रहरीले समात्यो झण्डै डेढ करोडौंको अवैध सामान
मङ्गलबार, ०८ असोज २०८१, २१ : १५

विराटनगर । मोरङ प्रहरीले १ करोड ३५ लाख मूल्य बराबरको अवैध सामान विराटनगरबाट नियन्त्रणमा लिएको छ । विराटनगर १४ स्थित नेपाल टेलिकमको कार्यालयबाट मालबहाक ट्रकमा रहेको उक्त सामान नियन्त्रणमा लिइएको हो ।
भारतबाट नेपाल आउँदै गरेको प्र.१–०२–००२ ख ०४१६ र ना४ख ८८४७ नं. नम्बरको ट्रकमा सामानको बिल बिजकभन्दा बढी भएको साथै कम मूल्याङ्कन गरी हाउसहोल्ड गुड्स, किचेन तथा कृषि यन्त्रका पार्टपूर्जा लगायतको रहेको थाहा पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त सामानको मूल्य अन्दाजी १ करोड ३५ लाख बराबरको रहेको जनाइएको छ ।
नियन्त्रणमा लिएको ट्रक र सामानको विषयमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण