बुवालाई कुटेर हत्या गरेको आरोपमा छोरा पक्राउ
बुधबार, ०९ असोज २०८१, ११ : ३७
काठमाडौँ । सिराहामा आफ्नो बुवालाई कुटेर हत्या गरेको आरोपमा प्रहरीले मृतकको छोरालाई पक्राउ गरेको छ । औरही गाउँपालिका वडा नम्बर–३ खजनपुर घर भएका ३८ वर्षीय शैलेन्द्र्रकुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी मुक्तिनाथ सापकोटाले रातोपाटीलाई बताए ।
असोज ७ मा उनको ६५ वर्षीय बुवा भालेश्वर यादवको हत्या गरेका हुन् । जेठो छोरा शैलेन्द्र र ३५ वर्षीय बुहारी रेणुकुमारी यादवले घरायसी विवादमा कुटेर भालेश्वरको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
कुटपिटबाट गम्भीर घाइते भएका भालेश्वरको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो । पोस्टमार्टम पछि शव परिवारले जिम्मा लिएका छन् । शैलेन्द्रलाई प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरवका आयोजनाहरूको लागत वृद्धि प्रति सांसद जगदीश खरेलको आपत्ति
-
‘अपर तामाकोशीको लागत कसरी बढ्यो, छानबिन समिति गठन गरौं’
-
उत्कर्ष र विचलनबाट हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन
-
विश्वकपमा रमाइरहेको देश, तर दशरथ रंगशाला भने दयनीय अवस्थामा
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण