ईडब्लूएलः काठमाडौँ स्पाइकर्सले भित्र्यायो अर्को नयाँ विदेशी स्टार खेलाडी
काठमाडौँ । काठमाडौँ स्पाइकर्सले आगामी वात्सल्य एभरेस्ट महिला भलिबल लिग २०२४ का लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बायाँ हाते अपोजिट हिटर पेलिन एरोक्टेलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
प्रतिभाशाली टर्कीस भलिबल खेलाडी पेलिन एरोक्टे आफ्नो शक्तिशाली अट्याक र बलियो डिफेन्स क्षमताका लागि परिचित छिन्। विश्वव्यापी मञ्चमा आफ्नो खेल प्रदर्शन गर्न उनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी छिन्। एरोक्टेसँग युरोपियन यु १६ च्याम्पियनसिप, यूरोपियन यु १७ च्याम्पियनसिप र विश्व यु १९ च्याम्पियनशिप जस्ता प्रतिष्ठित टूर्नामेन्टहरूमा राष्ट्रिय टिमबाट खेलेको अनुभव छ।
उनले सन् २०२२ मा यु १८, यु १९ र यु २१ मा युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै टर्कीका लागि एक प्रमुख खेलाडीको रूपमा आफ्नो उपस्थिति स्थापित गरेकी छिन्। क्लबस्तरमा टर्किस काडिनलार भलिबल लिग, जुन उच्चतम व्यावसायिक महिला भलिबल लीग साथ साथै उनले टर्की काडिनलर भलिबल लीग, टर्की कप, टर्की काडिनलार वन लिगी र टर्की कादिनलर भलिबल टु लिगी कपमा भाग लिएर टर्कीका शीर्ष टोलीहरूका लागि खेलेको अनुभव समेत हासिल गरिसकेकी छिन्।
राष्ट्रिय टिम र क्लबहरू दुवैमा दिएको योगदानका आधारमा उनले विभीए यु १६ मा मोस्ट भ्यालुएबल प्लेयर, बिभीए यु १७ मा बेस्ट सर्भर र युरोपियन च्याम्पियनशिप गु१७ मा बेस्ट अपोजिट सहितका व्यक्तिगत अवार्डहरू पनि प्राप्त गरेकी छिन्। व्यक्तिगत र टिमको सदस्यको रूपमा प्राप्त उपलब्धिहरूको प्रभावशाली रेकर्डले उनमा भएको असाधारण प्रतिभा र टर्की तथा अन्तर्राष्ट्रिय भलिबलमा उनको उज्ज्वल भविष्यलाई समेत सङ्केत गर्छ। काठमाडौँ स्पाइकर्समा आबद्ध भएकी एरोक्टेको उमेर २० वर्ष रहनुका साथै १९० सेन्टिमिटर उचाइकी छिन् ।
काठमाडौँ स्पाइकर्सका सीओओ सुदिक्षा अधिकारीले भनिन्, “बलियो र सन्तुलित टिम निर्माण गर्ने हाम्रो प्रतिबद्धता अनुरूप नै हामीले पेलिन एरोक्टेलाई साइन गरेका हौँ। टिममा उनले बहुमूल्य अन्तर्राष्ट्रिय अनुभव र विजयी मानसिकता ल्याएकी छिन्। यसले लिगमा हाम्रो प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने हाम्रो विश्वास छ। हामी उनको खेल्ने कलाले हाम्रा स्थानीय खेलाडीहरूलाई कसरी बलियो बनाउँछ भनेर हेर्न तत्पर छौँ।”
काठमाडौँ स्पाइकर्समा सामेल हुन पाउँदाको आफ्नो उत्साह व्यक्त गर्दै पेलिन एरोक्टेले भनिन्, “यस्तो गतिशील र महत्त्वाकाङ्क्षी टिमको हिस्सा हुन पाउँदा मैले सम्मानित महसुस गरेको छु। भलिबल मेरो लागि खेल मात्र नभई प्रेम पनि हो। आफ्नो अनुभव नेपाल ल्याएर स्पाइकरहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाका लागि मद्दत गर्न म तयार छु। मैले एभरेस्ट महिला भलिबल लिगको भावनाको बारेमा पनि धेरै सुनेको छु र म आफ्नो टिमको सफलतामा योगदान दिन र प्रशंसकहरूलाई भेट्न आतुर छु।”
एभरेस्ट वुमन्स भलिबल लिगको यात्रा सुरु हुनै लाग्दा एरोक्टेको आगमनबाट आफ्नो टिम थप बलियो बन्नेमा काठमाडौँ स्पाइकर्स विश्वस्त छ। टिमले आफ्नो नयाँ स्टार खेलाडीसँग बलियो प्रदर्शन र अविस्मरणीय क्षणहरूको ठुलो अपेक्षा राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण