स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिरमा १६ गतेका लागि तय गरेको स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको काम सुरु गरेको छ ।
आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताको समय दिएको छ । उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले असोज १० गतेदेखि असोज १६ गतेसम्म दल दर्ता गराउन सक्ने आयोगले जनाएको छ ।
यसअघि नै दर्ता भएका दलहरूले संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ अनुसार आफ्नो दललाई पुनः सक्रिय बनाउन असोज १६ सम्म निवेदन दिनुपर्ने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।
निवेदन दिनका लागि, दलहरूले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ अनुसार तयार पारिएको ढाँचामा कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा निवेदन पेश गर्नुपर्ने महान्यायाधिवक्ता केदार कुमार अधिकारीले जनाएका छन् ।
स्थानीय तहमा रिक्त रहेका ४० पदका लागि उपनिर्वाचन हुन लागेको हो । गर्ने २ जिल्ला समन्वय समिति प्रमुख, २ गाउँपालिका अध्यक्ष, १ नगरपालिका प्रमुख, ४ गाउँपालिका उपाध्यक्ष, १ नगरपालिका उपप्रमुख, ९ गाउँपालिका वडाध्यक्ष, र २१ नगरपालिका वडाध्यक्षका पदहरू रिक्त्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्योलमा धुलिखेल–खावा सडक: ठेक्का रद्दपछि पनि पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेन
-
हचुवाको भरमा रुग्ण उद्योगको सञ्चालन नगरौँ
-
सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित
-
मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित
-
इरानले फेरि इजरायलमा हान्यो क्षेप्यास्त्र, तेहरानमा पनि विस्फोट
-
धवलपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित