स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिरमा १६ गतेका लागि तय गरेको स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको काम सुरु गरेको छ ।
आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताको समय दिएको छ । उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले असोज १० गतेदेखि असोज १६ गतेसम्म दल दर्ता गराउन सक्ने आयोगले जनाएको छ ।
यसअघि नै दर्ता भएका दलहरूले संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ अनुसार आफ्नो दललाई पुनः सक्रिय बनाउन असोज १६ सम्म निवेदन दिनुपर्ने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।
निवेदन दिनका लागि, दलहरूले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ अनुसार तयार पारिएको ढाँचामा कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा निवेदन पेश गर्नुपर्ने महान्यायाधिवक्ता केदार कुमार अधिकारीले जनाएका छन् ।
स्थानीय तहमा रिक्त रहेका ४० पदका लागि उपनिर्वाचन हुन लागेको हो । गर्ने २ जिल्ला समन्वय समिति प्रमुख, २ गाउँपालिका अध्यक्ष, १ नगरपालिका प्रमुख, ४ गाउँपालिका उपाध्यक्ष, १ नगरपालिका उपप्रमुख, ९ गाउँपालिका वडाध्यक्ष, र २१ नगरपालिका वडाध्यक्षका पदहरू रिक्त्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण