एभरेष्ट महिला भलिबल लिग : गण्डकी थण्डर्सले ट्यालेन्ट हन्टबाट खेलाडी छान्यो
काठमाडौँ । वात्साल्य एभरेष्ट महिला भलिबल लिगका लागि गण्डकी थण्डर्सले ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न गरेको छ । पर्यटकीय नगरी पोखरामा आयोजित ट्यालेन्ट हन्टमा सोइङ थापा विजेता बनेको गण्डकी थण्डर्सले जनाएको छ ।
क्लबका अनुसार, ट्यालेन्ट हन्ट कार्यक्रममा ३० जना खेलाडी सहभागी थिए । पाँच फिट आठ इन्च अग्ली १७ वर्षीया थापा हाल पोखरामा बस्दै आएकी छन् । थापालाई गण्डकी थण्डर्सका प्रवन्धक विकास खेतानको नेतृत्वमा रहेको म्यानेजमेन्ट टोलीले छनोट गरेको हो ।
छनोट कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिब श्रीधर शर्मा, राखेपका सदस्य मधुसुदन सुवेदी, परिषदकी सदस्य शुभकन्या गुरुङ, केशव पाठक, नेपाल भलिबल संघका सदस्य राजकुमार गुरुङ, नेपाल भलिबल संघका पूर्वसचिब डिवी नेपालीसहितको उपस्थिती रहेको थियो ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज महिला लिगमा हरेक क्लबले ट्यालेन्ट हन्टमार्फत एकजना खेलाडी टोलीमा समावेश गर्नुपर्ने नियम रहेको छ । सोही नियम अनुसार, थापालाई छनोट गरिएको हो । एभरेष्ट महिला भलिबल लिग असोज १४ देखि १९ गतेसम्म काठमाडौँको दशरथ रंगशाला कभर्डहलमा सञ्चालन हुनेछ ।
गण्डकी थन्डर्सको टोलीमा सुरस्वती चौधरी, प्रगती नाथ, कविता भट्ट, रीमा कुँवर, आरती चौधरी, स्नेहा ठगुन्ना, लक्ष्मी चन्द, सरस्वती जैसी, एलिसा रुबियक, शिल्पा सिन्धु, एकातोरिना जुभ्यागिन्त्सेभा, जुही शा र सोइङ थापा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण