‘सानो संसार’ प्रिमियर, अग्रिम टिकट बुकिङ समेत खुल्ला
काठमाडौँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘सानो संसार’ प्रिमियर गरिएको छ । बुधबार साँझ गरिएको प्रिमिएरमा कलाकर्मी र रंगपत्रकारको बोक्लो उपस्थिति रहेको थियो ।
प्रिमिएरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । मध्यवर्गीय परिवारको वास्तविकता चित्रण गरिएको परिवारिक फिल्म भएको र सबैले हेर्नुपर्ने सुझाव प्रिमिएरमा दिइएको थियो ।
फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको शीर्ष भूमिका छ । फिल्ममा उनीसँगै राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको समेत अभिनय देख्न सकिन्छ । फिल्म अर्जुन कुमारले बनाएका हुन् ।
सिद्धार्थ पुडासैनी निर्देशित फिल्मको पटकथा पनि निर्देशकले नै लेखेका हुन् । उनको यो डेब्यु निर्देशन हो । कार्यकारी निर्माता माधव वाग्ले हुन् ।
फिल्मको लागि प्रमुख मल्टिप्लेक्सले अग्रिम टिकट बुकिङ पनि थालेको छ । फिल्मलाई राम्रो शोज दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण