प्रधानमन्त्रीलाई महावीर पुनको आग्रह- अमेरिका गएका बेला ५ वटा रिसर्च सेन्टर हेरेर आउनुहोला
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचवटा रिसर्च सेन्टर हेरेर आउन अनुरोध गरेका छन् ।
सामाजिक सञ्जालमार्फत एक स्ट्याटस लेख्दै पुनले अमेरिका गएको बेला पाँचवटा जति प्रख्यात विश्वविद्यालयहरूको रिसर्च र इनोभेसन सेन्टरहरू हेरेर र बुझेर आउने अनुरोध गरेका हुन् ।
त्यसका लागि नेपाली प्रोफेसरहरूलाई मदत गर्न समेत अनुरोध गरेका छन् । राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिकामा छन् ।
त्यही भ्रमणमा रहेका बेला पुनले रिसर्च सेन्टर र इनोभेसन सेन्टरको राम्रोसँग अवलोकन गरेर आउन अनुरोध गरेका हुन् । अनुसन्धान तथा नवप्रवर्तनका लागि बजेट माग गर्दै आएका छन् । तर, हालसम्म सरकारले बजेटको व्यवस्था गर्न सकेको छैन ।
अघिल्लो आर्थिक वर्षदेखि बजेट भाषणमा एक अर्बको अनुसन्धान तथा नवप्रवर्तन कोष बनाउने उल्लेख छ । तर, हालसम्म त्यसको कानुन नै बन्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण