फर्स्टलुकसँगै ‘सारंग’को प्रदर्शन मिति घोषणा
काठमाडौँ । बालमनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबिचको खाडलको विषयमा निर्माण गरिएको फिल्म ‘सारंग’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
पोस्टरमा अभिनेत्री ऋचा शर्मा, उत्पल झा, बालकलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ । फिल्मको फस्र्टलुकसँगै प्रदर्शन मिति पनि तोकिएको छ । फिल्म ०७ मंसिरदेखि देशव्यापी प्रदर्शनमा आउने छ ।
कोरियोग्राफरको रूपमा परिचित प्रशान्त तामाङले फिल्म निर्देशन गरेका हुन् । निर्देशक तामाङ स्वयम्को लेखन रहेको फिल्मलाई टि फल्क फिल्मस्ले वितरण गर्दैछ ।
फिल्ममा समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसी, विश्व स्याङ्वो, प्रभात जंग लगायतको अभिनय छ ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको डिओपी गोपाल राय हुन् भने सम्पादन मित्र ध्वज गुरुङले गरेका छन् । फिल्मका गीत डिपी खनालले लेखेका हुन्, संगीत शंकर थापा ‘स्माइल’को छ । फिल्मले सबै वर्गका दर्शकमाझ बेग्लै छाप छोड्ने विश्वास निर्देशक तामाङको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण